दरवाङ–धारापानी–मुना सडक स्तरोन्नति  « Khabarhub

दरवाङ–धारापानी–मुना सडक स्तरोन्नति 


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङबाट धारापानी–मुनासम्मको सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुनालाई जोड्ने सडकअन्तर्गत सात किलोमिटर स्तरोन्नति सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दा र धौलागिरि आधारशिविर जाने पर्यटकलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको हो ।

यसअघि भिरालो, साँघुरो र भीर पहराको जीर्ण सडकमा जोखिम मोलेर सवारीसाधन गुडाउनुपर्ने र यात्रा गर्नुपर्ने बाध्यता थियो । सडक स्तरोन्नति भएसँगै धवलागिरि गाउँपालिकावासीले साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन् ।  

बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजनाअन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्कामार्फत योजना कार्यान्वयन थालिएको थियो । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्का अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् । 

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले रु १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग विसं २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरेको थियो ।

योजनाअन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली, ग्याबियन जाली लगाउने, कल्भर्ट तथा कजवे निर्माण, टेवा पर्खाल गरी सात मिटर चौडाइमा सडक ग्राभेल गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले जानकारी दिए। 

बादिकाको भीरमा अप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्र्याक खोलिएको उनले बताए । इञ्जिनियर शर्माका अनुसार बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ ।

कोरोनाका कारण समयमा काम सम्पन्न नगरे पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नति सम्पन्न गरेको निर्माण व्यवसायी प्रतिनिधि प्रद्युम्न कुँवरले बताए।  

यसैगरी धारापानीबाट सिवाङसम्म सडक स्तरोन्नतिका लागि रु २५ करोड लागत अनुमान गरी योजना कार्यान्वयनका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ ।

 धवलागिरि गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरवाङ–मुना–ढोरपाटन सडकको धारापानीबाट सात किमी अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न ठेक्का लगाइ योजना कार्यान्वयन सुरु गरिएको इञ्जिनियर शर्माले जानकारी दिए। 

    

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ३ : ५९ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने