मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने  « Khabarhub

मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने 


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार छिमेकी मुलुक भारत जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ ।

‘यता तयारी चलिरहेको छ । प्रधानमन्त्रीज्यू भारत जाने कुरा आएको छ,’ कर्मचारी स्रोतले खबरहबसँग भने, ‘भ्रमणको औपचारिक निर्णय त आज (बिहीबार) बस्ने मनित्रपरिषद् बैठकले गर्ला ।’

शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।

मोदीले श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका छन् ।

उनले मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा पठाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् । 

मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए । त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ४ : १० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको