शपथ ग्रहण नगर्दै मोदीमाथि दबाब « Khabarhub

शपथ ग्रहण नगर्दै मोदीमाथि दबाब

जेडीयूले भन्यो- अग्निवीरको समीक्षा होस्, यूसीसीबारे छलफल चलाइयोस्


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.7k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका सहयोगी दलहरूको असर शपथ ग्रहणअगावै देखिन थालेको छ ।

भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएको एक महत्वपूर्ण घटक जनता दल युनाइटेड (जेडीयू) ले सैन्य भर्ना योजना अग्निवीर र समान नागरिक संहिता (यूसीसी) लाई लिएर अड्को थापेको छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमार नेतृत्वको जेडीयूका प्रवक्ता केसी त्यागीले अग्निवीर योजनाबारे पुनर्विचार गर्न आवश्यक देखिएको बताएका छन् । यसका साथै समान नागरिक संहिताबारे पनि सबै राजयसँग छलफल आवश्यक रहेको उनले जोड दिए ।

जेडीयूले अग्निवीर योजनाको असर भर्खरै सम्पन्न १८ औँ लोकसभा निर्वाचनमा देखिएको जनाएको छ । प्रवक्ता त्यागीले भने, ‘अग्निवीर योजनाबारे पुनर्विचार गर्न आवश्यक देखिएको छ । यस योजनाको चुनावमा विरोध भयो । यसको असर चुनावी परिणाममा देखियो ।’

कांग्रेसले लोकसभा निर्वाचनमा अग्निवीर योजनालाई मुद्दा बनाएको थियो । उसले आफू सत्तामा फर्किए उक्त योजनालाई रद्दीको टोकरीमा मिल्काउने बताएको थियो ।

अग्निवीर योजनाअन्तर्गत सेनामा भर्ना भएका राज्यहरुमा भाजपाको सिटमा कटौती भएको कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अग्निवीर योजनाअन्तर्गत सेनामा भर्ती भएका राज्यहरुमध्ये हरियाणामा भाजपाको सिट १० बाट घटेर ५ मा खुम्चिएको छ ।

पञ्जावमा भाजपा एक सिट पनि जित्न सफल भएन, उता राजस्थानमा भाजपाको सिट संख्या २४ बाट घटेर १४ पुग्यो ।

जेडीयू प्रवक्ता त्यागीले समान नागरिक संहिताबारे आफ्नो पार्टीको धारणा आजका दिनमा पनि स्पष्ट रहेको बताए ।

उनले संहिताबारे सबै राज्यसँग छलफल गरिनुपर्ने अडान यथावत रहेको बताए । त्यागीले जेडीयू एक राष्ट्र, एक निर्वाचनको समर्थनमा रहेको पनि अडान सार्वजनिक गरे ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ४ : ४५ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६