मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी दिँदै | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी दिँदै


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । 

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शनिबारदेखि हुने भारत भ्रमणलाई अनुमोदन गर्ने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन् ।

उनले मन्त्रिपरिषद् बैठकमा उक्त भ्रमण कार्यक्रमबारे जानकारी गराउने भएका छन् ।

मोदीले आफूले तेस्रो कार्यकाल सम्हाल्न लागेको भन्दै प्रचण्डलाई बुधबार फोन गरेर शपथ ग्रहण समारोहमा सहभागिताका लागि निम्तो दिएका थिए ।

यद्यपि एनडीए गठबन्धनमा कुरा नमिलिसकेकाले मोदीले शनिबारको साटो आइतबार मात्रै शपथ लिने भएका छन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । 

मन्त्रिपरिषद्को यो बैठकले नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धन सकारका पालामा नियुक्त राजदूतहरू फिर्ता बोलाउने पनि सम्भावना छ । फिर्ता बोलाउन लागिएकाहरू कांग्रेसको कोटाबाट नियुक्त छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : ०२ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून