पुन:मतगणना गराउने उच्चको आदेशविरुद्ध ब्यासका मेयर न्यौपाने पुगे सर्वोच्च « Khabarhub

पुन:मतगणना गराउने उच्चको आदेशविरुद्ध ब्यासका मेयर न्यौपाने पुगे सर्वोच्च


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तनहुँको ब्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने २०७९ वैशाखमा भएको निर्वाचनको मतगणना फेरि गराउने उच्च अदालत पोखराको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

उच्च अदालतले यही असार २ गते पुन: मतगणना गर्नु भनी दिएको आदेशविरुद्ध अन्तरकालीन आदेश माग गर्दै मेयर न्यौपानेले सर्वोच्चमा रिट हालेका हुन् । यो रिटको पेशी आइतबारलाई तोकिएको छ ।

ब्यास नगरपालिकामा मेयर पदको निर्वाचनको मतगणना यही असार २ गते दोहोर्‍याएर गर्न उच्च अदालत पोखराले आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनःमतगणना गर्नुपर्ने फैसला गरेको थियो । फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनःमतगणना गर्न अदालतले भनेको थियो ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनःमतगणना माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दिएका थिए ।

पहिलो पटक मतगणना हुँदा धाँधली भएको प्रष्ट देखिएको जोशीले बताइरहेका छन् । उच्च अदालतले नै निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसला दिएको थियो ।

मत नमिलेको देखिएपछि पुन:मतगणना गर्नुपर्ने फैसला गरिसकेपछि विपक्षीहरूले त्यसो गर्नु हुँदैन भनेर अन्तरिम आदेशका लागि सर्वोच्चमा निवेदन दिनु धाँधली भएको कुरालाई प्रष्ट पार्नु भएको जिकिर जोशीले गरेका छन् ।

 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : १३ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक