वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइनबाटै सुरु | Khabarhub Khabarhub

वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइनबाटै सुरु


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीबाटै हुने भएको छ ।

कन्सुलर सेवा विभागले बिहीबार काठमाडौंमा गरेको एक कार्यक्रमबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त अनलाइन प्रणालीको सुरुवात गरे ।

वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्दा भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुसार सूचना प्रविधिको प्रयोगमार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया थालिएको विभागले जनाएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले अनलाइन प्रमाणीकरण गर्ने प्रकृया नेपाली दूतावास अवुधावीबाट सुरु गरिएको बताए । अब क्रमश: त्यसलाई अन्य देशमा पनि विस्तार गरिने जानकारी उनले दिए ।

यस प्रणालीबाट सम्बन्धित रोजगारदाता र एजेन्सीहरूले अपलोड गरेको कागजपत्र सुरक्षित हुने र यसरी कामका लागि विदेश गएका नेपाली थप सुरक्षित हुने उनले बताए ।

त्यस्तै श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउदै लैजाने योजनाअनुसार सरकारले काम गरिरहेको बताए ।

उनले फ्री भिसा, फ्री टिकटको व्यवस्थालाई बढाउदै लैजाने बताए । हाल ४ प्रतिशत मात्रै सफल कार्यान्वयन भएको उक्त व्यवस्थालाई कम्तीमा पनि १५–२० प्रतिशतसम्म बनाउने उनले बताए।

अर्यालले वैदेशिक रोजगारमा जाने नागरिकलाई नठगी पठाउन पनि म्यानपावरहरूसँग निरन्तर छलफलमा रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : २३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय