१५ हजार घुस लिएका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, एक महिना कैद सजाय « Khabarhub

१५ हजार घुस लिएका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, एक महिना कैद सजाय


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, खुशीप्रसाद थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बिहीबार अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।

२०८० चैत १८ गते १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।

सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रंगेहात समातेको थियो ।

अख्तियारले अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरेको थियो। अख्तियारको माग अनुसार विशेषले उनलाई १५ हजार जरिवाना गराउँदै १ महिना कैद सजाय पनि सुनाएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ५ : ३२ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव