दलको नेतालाई रोकेर सतिश सिंहलाई मधेसको मुख्यमन्त्री बनाउँदै जनमत | Khabarhub Khabarhub

दलको नेतालाई रोकेर सतिश सिंहलाई मधेसको मुख्यमन्त्री बनाउँदै जनमत

शुक्रबार शपथ ग्रहण गराउने तयारी


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले मधेश प्रदेशमा सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने भएको छ ।

संसदीय दलका नेता महेशकुमार यादवलाई अवसर नदिई जनमतले अर्थसमितिका सभापतिसमेत रहेका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो ।

बिहीबार बसेको जनमत पार्टीको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । साधरणत: संसदीय दलको नेतालाई मुख्यमन्त्री या सरकारको नेतृत्वमा लैजाने चलन छ ।

तर जनमतले संसदीय दलको नेता यादवलाई रोकेर सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेको हो ।

सिंह र यादव दुवैजना सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सिंह २०७९ को निर्वाचनमा सप्तरी २ (१) बाट विजयी भएका थिए । उता यादव सप्तरी २ (२) बाट विजयी भएका थिए ।

यादवलाई जनमतले २०७९ पुस १६ गते संसदीय दलको नेता बनाएको थियो । जनमतका अध्यक्ष डा. सीके राउत पनि सप्तरी २ बाट उपेन्द्र यादवलाई हराउँदै प्रतिनिधि सभाको सदस्य छन् ।

केन्द्रको सत्ता गठबन्धनबीच भागबन्डा मिलेपछि सिंहलाई शुक्रबार मुख्यमन्त्रीको शपथ ग्रहण गराउन लागिएको हो ।

जनमतका केन्द्रीय प्रवक्ता शरदसिंह यादवका अनुसार सिंहले शुक्रबार मुख्यमन्त्रीको शपथ लिने गरी प्रकृया अघि बढिसकेको छ।

जनमतका अध्यक्ष डा. सीके राउत हाल अमेरिका भ्रमणमा छन् । उनी शनिबार नेपाल फर्किने कार्यक्रम छ । मधेस सरकारको नेतृत्व आफ्नो भागमा मिलाएर उनी अमेरिका उडेका थिए ।

संघीय सत्ता गठबन्धनको सहमति अनुसार मधेसमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलसमेत ५६ जनाको समर्थन यादवलाई छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : ५३ बजे

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर

माइक्रोसफ्टको सर्भरमा समस्या- विश्वभरका बैंक र सञ्चारगृह प्रभावित, जहाजको उडान पनि रोकियो

काठमाडौं- शुक्रबार विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम

एसिसी महिला एसिया कप क्रिकेट : नेपालले टस जित्यो

काठमाडौं– एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा  नेपालले संयुक्त अरब

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीको चासो

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बङ्गलादेशस्थित नेपाली राजदूत

मास्टरसेफ साहको रेसिपीमा ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ

काठमाडौं- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले