त्रिभुवन विमानस्थलको धावनमार्ग फेरि चर्कियो, सबै उडान ठप्प « Khabarhub

त्रिभुवन विमानस्थलको धावनमार्ग फेरि चर्कियो, सबै उडान ठप्प


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग फेरि चर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाका अनुसार धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान रोकिएका छन् ।

चर्किएको धावन मार्ग टाल्न समय लागेपछि एक घण्टादेखि उडान रोकिएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सयौँ यात्रु अहिले उडानको प्रतिक्षामा छन् ।

यसअघि गत जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानहरू होल्ड गरिएको थियो ।

बिहीबार पनि विदेशबाट आएका र आन्तरिक उडानका जहाजहरूलाई होल्ड गरिएको छ । विमानस्थलमा पटक पटक यस्ता घटना भइरहँदा यात्रुलाई भने सास्ती भएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : ३३ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले