आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता « Khabarhub

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गरेकी छन् । 

बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा भएको प्रगति समीक्षा विषयमा छलफल भएको थियो । 

नेपालले आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा दिगो विकास लक्ष्य सम्बन्धमा तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा (भीएनआर) प्रतिवेदन प्रस्तुत गर्नेछ । 

यसअघि नेपालले सन् २०१७ मा पहिलो पटक र सन् २०२० मा दोस्रो पटक भिएनआर प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी तेस्रो प्रतिवेदनले दिगो विकास लक्ष्य कार्यान्वयनको मध्यअवधीसम्मको प्रगति समीक्षा गर्नुका साथै बाँकी अवधीका लागि प्राथमिकताका क्षेत्र पहिचान एवम् अवलम्बन गरिने रूपान्तरणकारी रणनीति र कार्यक्रमहरू तय गर्नेछ । 

छलफलको क्रममा संयुक्त राष्ट्र सङ्घले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यबाद दिँदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गरे ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : २९ बजे

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली