भागबण्डा नमिल्दा मधेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ « Khabarhub

भागबण्डा नमिल्दा मधेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेशमा दलहरुबीच सहमति नजुट्दा मुख्यमन्त्रीमा दाबी पेश गर्न ढिलाइ भएको छ ।

नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन् । तर मन्त्रालय भागबण्डाको विषयमा उनीहरूबीच कुरा मिल्न सकेको छैन् ।

जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । मन्त्रालय भागबण्डाका विषयमा बिहीबार बिहान ११ बजेदेखि दलहरुबीच भइरहेको छलफल अझै सम्म निष्कर्षमा पुगेको छैन । भागबण्डाका विषयमा अहिले मधेश भवनमा छलफल भईरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

आजै अबेर रातिसम्म भए पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने दलहरुको तयारी छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ४५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स