भागबण्डा नमिल्दा मधेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ « Khabarhub

भागबण्डा नमिल्दा मधेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेशमा दलहरुबीच सहमति नजुट्दा मुख्यमन्त्रीमा दाबी पेश गर्न ढिलाइ भएको छ ।

नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन् । तर मन्त्रालय भागबण्डाको विषयमा उनीहरूबीच कुरा मिल्न सकेको छैन् ।

जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । मन्त्रालय भागबण्डाका विषयमा बिहीबार बिहान ११ बजेदेखि दलहरुबीच भइरहेको छलफल अझै सम्म निष्कर्षमा पुगेको छैन । भागबण्डाका विषयमा अहिले मधेश भवनमा छलफल भईरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

आजै अबेर रातिसम्म भए पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने दलहरुको तयारी छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ४५ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा