विश्वकभर नै लोकतन्त्र जोखिममा छ : बाइडेन « Khabarhub

विश्वकभर नै लोकतन्त्र जोखिममा छ : बाइडेन


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वकभर नै लोकतन्त्र जोखिममा रहेको बताएका छन् ।

दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएका हुन् ।

“दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा हामी बाँचिरहेका छौँ”, फ्रान्सेली सहर कोलेभिल–सुर–मेरमा उजले चजे, “पृथकतावाद ८० वर्षअघि जवाफ थिएन र अहिले पनि यसको जवाफ छैन ।”

सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताए ।

“मित्र राष्ट्रहरूले ८० वर्षअघि मिलेर जे गरे त्यो हामीले आफैँले गर्नसक्ने भन्दा धेरै थियो”, बाइडेनले भने, “कसरी गठबन्धन– वास्तविक गठबन्धनले हामीलाई बलियो बनाउँछ भन्ने एउटा सशक्त दृष्टान्त थियो, यो एउटा यस्तो पाठ हो जसलाई हामी अमेरिकीहरूले कहिल्यै भुल्नुहुँदैन भनेर म प्रार्थना गर्दछु ।”

राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि आक्रमणकारी रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने बताए । “हामी टाढा जाने छैनौँ किनकि हामीले यस्तो गर्यौँ भने युक्रेन अधीनमा हुनेछ र यो त्यहाँ समाप्त हुनेछैन”, उनले भने ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ५५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६