फिफा विश्वकप छनोट : युएईसँग नेपालको लज्जास्पद हार « Khabarhub

फिफा विश्वकप छनोट : युएईसँग नेपालको लज्जास्पद हार

पाँचौं खेलमा पनि रोकिएन गोलविहीन यात्रा


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बिहीबार राति साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा सम्पन्न खेलमा नेपाल ४–० ले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल गरेको युएईले दोस्रो हाफमा पनि दुई गोल थप्यो । युएईका लागि रिब अब्दल्लाले दुई गोल गरे । उनले खेलको १२ औं र १४ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै खेलको ५४ औं मिनेटमा अली सालेहले गोल गरेका थिए । युएईका लागि खेलको ७५ औं मिनेटमा हाजेम मोहम्मद अब्दुल्लाह अब्बासले गोल गरे ।

घरेलु मैदानमा हुनुपर्ने यो खेल दशरथ रंगशाला खेलका लागि योग्य नरहेका कारण (न्यूट्रल भेन्यू) साउदी अरबमा खेलाइएको हो ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँगको पहिलो खेलमा ४–०ले पराजित भएको थियो ।

त्यस्तै यमनसँग २–० ले पराजित भएको नेपाल बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले हारेको थियो ।

प्रतियोगितामा अहिलेसम्म नेपालले खेलका पाँच खेलमा एक गोल पनि गर्न सकेको छैन । भने नेपालको पोष्टमा विपक्षी टोलीले १८ गोल गरेका छन् ।

यो समूहबाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ। अंकविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ११ : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार