भोटेकोशी आयोजनामा हराएका दुई मजदुरको शव फेला « Khabarhub

भोटेकोशी आयोजनामा हराएका दुई मजदुरको शव फेला


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी पहिलो जलविद्युत् आयोजनाको ढलान (डिसेन्डर कभर स्ल्याब) खस्दा बेपत्ता भएका दुई मजदुरको शव भेटिएको छ ।

हिजो बेपत्ता भएका बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो ढलान खस्दा १० जना पुरिएकोमा ८ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका घाइतेको धुलिखेल अस्पतामा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ५७ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ