कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि… « Khabarhub

कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि…


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.1k
Shares
  • change font
  • change font
  • change font

पर्वत– लगातारको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।

सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिए। 

कालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उनले बताए।

मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताए । उनका अनुसार कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला  डुबानको जोखिममा परेका हुन् ।

वर्षा नरोकिए केही बेरमा बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको पराजुलीले बताए । 

यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन् ।

विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए ।

स्थानीय प्रहरी चौकीका इन्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : २६ बजे

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

बागलुङ– ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय

कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका