देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै « Khabarhub

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले खतराको तह नाघेको छ ।

रूपन्देहीको कोइली, काठमाडौं उपत्यका स्रोत भएको बागमती र कोशी नदीले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

विभागका अनुसार कोइली नदीमा खतराको तह ५ मिटर पार भइ जल सतह ५.२८ मिटर पुगेको छ । सो नदीको जलाधार क्षेत्रमा वर्षा कम भएकाले अहिले जल सतह घट्दो क्रममा छ ।

तर खतराको तह पार गरिसकेका कोशी र बागमतीमा जल सतहको उचाइ अझै बढ्दैछ । बागमतीको खतरा तह ४ मिटर हो । खोकना क्षेत्रमा बागमती नदीको जल सतह अहिले ४.६४ मिटरसम्म अग्लिएको छ ।

यस्तै, खतरा तह ५.५ मिटर रहेको कोशी नदीको सिन्धुपाल्चोक खण्डमा जल सतह ५.७७ मिटरसम्म पुगेको छ । मेलम्ची नदीमा चलिरहेको भीषण बाढी लगायतले मुख्य नदी कोशीकै जल सतह बढाइदिएको हो ।

विभागका अनुसार हाल अन्य ६ नदीमा पनि जल सतहले सतर्कता तह पार गरिसकेको छ । ती नदीको सतह खतराकै तहमा नपुगे पनि पानीको मात्रा स्थिर र बढ्दो क्रममा छ ।

नारायणी नदीको जल सतहले ५ र बागमतीको सहायक खोला हनुमन्तेले जगातीमा सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : २६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न