केपी ओली निवासमा कार्यरत सशस्त्रका इन्स्पेक्टरको मृत्यु « Khabarhub

केपी ओली निवासमा कार्यरत सशस्त्रका इन्स्पेक्टरको मृत्यु


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा बिहान ६:५० मा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थलमा प्रहरी वृत्त जगातीको टोली खटिएर अनुसन्धान थालेको कार्कीले बताए। मृतक थापाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

‘शरीरमा कुनै चोटपटक देखिएको छैन, मृतकको घर गुन्डु नै भएको बुझिएको छ,’ कार्कीले भने।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ४२ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको