राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा « Khabarhub

राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले अपराह्न ४ बजेर ४० मिनेट जाँदा  कुसुममा राप्ती नदीको जल सतह खतरा तह ७.८ नाघेर ७.९४ पुगेको जानकारी दिएको हो ।

विभागको कुसुमस्थित जलमापन केन्द्रमा सतर्कता तह ६ हो । तर, सो स्थानमा राप्ती नदीको जल सतह यतिखेर खतराको तह पार गरेर निरन्तर बढ्दो छ ।

राप्तीमा जल सतह बढेसँगै तल्लो तटीय क्षेत्र डुडुवा, राप्ती सोनारी, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, कटकुइया, फत्तेपुर, विनौना, होलिया, कम्दी, कचनापुर, वनकटवा, सीतापुर, राधापुर, खासकुस्मा र नेपालगन्ज उपमहानगरपालिका क्षेत्र लगायतमा बसोबास गरिरहेका नागरिक त्रासमा छन्‌ ।

भारतले राप्ती नदीमा एकतर्फी ढङ्गले बनाएको लक्ष्मणपुर बाँध र कलकल्वा तटबन्धका कारण वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेका छन्‌ ।

बेलुकी पाँच बजेको अपडेट:

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ०७ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त