राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा « Khabarhub

राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले अपराह्न ४ बजेर ४० मिनेट जाँदा  कुसुममा राप्ती नदीको जल सतह खतरा तह ७.८ नाघेर ७.९४ पुगेको जानकारी दिएको हो ।

विभागको कुसुमस्थित जलमापन केन्द्रमा सतर्कता तह ६ हो । तर, सो स्थानमा राप्ती नदीको जल सतह यतिखेर खतराको तह पार गरेर निरन्तर बढ्दो छ ।

राप्तीमा जल सतह बढेसँगै तल्लो तटीय क्षेत्र डुडुवा, राप्ती सोनारी, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, कटकुइया, फत्तेपुर, विनौना, होलिया, कम्दी, कचनापुर, वनकटवा, सीतापुर, राधापुर, खासकुस्मा र नेपालगन्ज उपमहानगरपालिका क्षेत्र लगायतमा बसोबास गरिरहेका नागरिक त्रासमा छन्‌ ।

भारतले राप्ती नदीमा एकतर्फी ढङ्गले बनाएको लक्ष्मणपुर बाँध र कलकल्वा तटबन्धका कारण वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेका छन्‌ ।

बेलुकी पाँच बजेको अपडेट:

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ०७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित