बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सञ्चालन « Khabarhub

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सञ्चालन


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनः सञ्चालन भएको छ । 

बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मर्स्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात् भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए। 

बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ४७ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा