सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक « Khabarhub

सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्रहरू परिचालन गरिएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखकले सहकारीको ठगीमा केही मान्छेहरू संलग्न हुँदा उनीहरूलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ता, मन्त्री, मन्त्रालय परिचालन भएको देखिएको बताएका हुन् । 

सहकारी ठगी गर्नेलाई जोगाउने ध्यानमा सहकारी पीडितहरूको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । लेखकले राजनीतिक स्थिरताका लागि ठूला दल मिलेर सरकार बनाउने नयाँ प्रयोग गरिएको र यसले पटक पटक सरकार फेरबदल हुने अवस्था अन्त्य हुने दावी गरे । उनले लोकतान्त्रिक गणतन्त्र र समावेशीको मुद्दालाई थप सुदृढ गर्न अग्रगमनका लागि संविधानको समसामयिक संशोधन हुनुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीमा ठूलो रकम हिनामिना गर्नेलाई गृहमन्त्री बनाउनु उचित नभएको जिकिर गरे । नेपालमा राजनीति गर्ने भनेको शक्ति राष्ट्रहरूको एजेण्डा बोक्ने र भ्रष्टाचारको नेतृत्व गर्ने प्रवृत्तिले देशको विकास हुन नसक्ने उनले बताए ।

उनले नेपालीहरूलाई बाहिर लखेट्ने र छिमेकी राष्ट्रका नागरिकलाई नागरिकता दिने कामले देश निकै अप्ठेरोमा परेको धारणा राखे । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ०४ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ