सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक « Khabarhub

सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्रहरू परिचालन गरिएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखकले सहकारीको ठगीमा केही मान्छेहरू संलग्न हुँदा उनीहरूलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ता, मन्त्री, मन्त्रालय परिचालन भएको देखिएको बताएका हुन् । 

सहकारी ठगी गर्नेलाई जोगाउने ध्यानमा सहकारी पीडितहरूको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । लेखकले राजनीतिक स्थिरताका लागि ठूला दल मिलेर सरकार बनाउने नयाँ प्रयोग गरिएको र यसले पटक पटक सरकार फेरबदल हुने अवस्था अन्त्य हुने दावी गरे । उनले लोकतान्त्रिक गणतन्त्र र समावेशीको मुद्दालाई थप सुदृढ गर्न अग्रगमनका लागि संविधानको समसामयिक संशोधन हुनुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीमा ठूलो रकम हिनामिना गर्नेलाई गृहमन्त्री बनाउनु उचित नभएको जिकिर गरे । नेपालमा राजनीति गर्ने भनेको शक्ति राष्ट्रहरूको एजेण्डा बोक्ने र भ्रष्टाचारको नेतृत्व गर्ने प्रवृत्तिले देशको विकास हुन नसक्ने उनले बताए ।

उनले नेपालीहरूलाई बाहिर लखेट्ने र छिमेकी राष्ट्रका नागरिकलाई नागरिकता दिने कामले देश निकै अप्ठेरोमा परेको धारणा राखे । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ०४ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो