मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै ! « Khabarhub

मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै !


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागेका छन् ।

कांग्रेस र लोसपाले माग गरे बमोजिम मन्त्रालयको भागबन्डा नमिल्दा सरकारमा सहभागी हुन ढिलाई भएको बताईएको छ । नेपाली कांग्रेसले ४ मन्त्रालयको माग गरेको छ भने लोसपाले २ वटा मन्त्रालयको माग अगाडि सारेको छ।

 यद्यपि मुख्यमन्त्री सतिश सिंह कांग्रेसलाई चार र लोसपालाई एक मन्त्रालय दिने मुडमा छन् । 

मुख्यमन्त्री सिंहले आजै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  ,नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ जना मन्त्रीलाई बर्खास्त गरि ६ वटा मन्त्रालय आफूसँग राखेका छन् । मुख्यमन्त्री सिंहले ६ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय कांग्रेसलाई र एउटा मन्त्रालय लोसपालाई दिई  बाँकी रहेको एक मन्त्रालय विना विभागीय मन्त्री रहेका सकिल मियाँलाई दिने मुडमा छन् । भागवण्डा मिले आजै शपथ ग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

१ सय ७ सदस्य रहेको मधेस प्रदेशसभामा मधेस प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा  एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ३३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५