मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै ! « Khabarhub

मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै !


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागेका छन् ।

कांग्रेस र लोसपाले माग गरे बमोजिम मन्त्रालयको भागबन्डा नमिल्दा सरकारमा सहभागी हुन ढिलाई भएको बताईएको छ । नेपाली कांग्रेसले ४ मन्त्रालयको माग गरेको छ भने लोसपाले २ वटा मन्त्रालयको माग अगाडि सारेको छ।

 यद्यपि मुख्यमन्त्री सतिश सिंह कांग्रेसलाई चार र लोसपालाई एक मन्त्रालय दिने मुडमा छन् । 

मुख्यमन्त्री सिंहले आजै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  ,नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ जना मन्त्रीलाई बर्खास्त गरि ६ वटा मन्त्रालय आफूसँग राखेका छन् । मुख्यमन्त्री सिंहले ६ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय कांग्रेसलाई र एउटा मन्त्रालय लोसपालाई दिई  बाँकी रहेको एक मन्त्रालय विना विभागीय मन्त्री रहेका सकिल मियाँलाई दिने मुडमा छन् । भागवण्डा मिले आजै शपथ ग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

१ सय ७ सदस्य रहेको मधेस प्रदेशसभामा मधेस प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा  एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ३३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४