बाढीले हेप्काखोला काठेपुल बगायो « Khabarhub

बाढीले हेप्काखोला काठेपुल बगायो


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

हुम्ला – निरन्तरको वर्षापछि बाढीले हुम्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । बाढीले आज दिउँसो उत्तरी नाम्खा र सिमकोट गाउँपालिकालाई जोड्ने हेप्काखोलास्थित काठेपुलसमेत बगाएको छ ।

नाम्खा गाउँपालिका–१ हेप्काखोलाको सो पुल बगाएपछि आवतजावतमा समस्या भएको हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

विसं २०७४ साउनमा दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित यहाँ पक्की पुल निर्माण गर्ने सम्झौता भएको थियो, त्यो पनि अधुरै छ । स्थानीयको सहजताका लागि बनाइएको अस्थायी काठेपुलसमेत बगाएपछि समस्या भएको चन्दले बताए ।

यही पुल भएर मानसरोवर कैलाश दर्शन गर्न र सदरमुकाम सिमकोटबाट उत्तरी नाम्खा गाउँपालिकाका साथै चीनसँग जोडिएका हिल्सा, लिमी, लाप्चा जान पनि यही पुल तर्नुपर्ने हुन्छ ।

एमएस जेभी धुलिखेल, काठमाडौँले दुई वर्षभित्रै निर्माणसम्पन्न गर्ने भनेको पक्की पुल सात वर्षसम्म अधुरै रहेको र अस्थायी पुलसमेत बगाएपछि निकै समस्या भएको स्थानीयको गुनासो छ ।

बाढीले चङ्खेली गाउँपालिका–६ मासिधारा र मेल्छाम गाउँमा रहेका खेतबारीसमेत क्षति गरेको प्रहरी निरीक्षक चन्दले बताए।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ५४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया