बाढीले हेप्काखोला काठेपुल बगायो « Khabarhub

बाढीले हेप्काखोला काठेपुल बगायो


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

हुम्ला – निरन्तरको वर्षापछि बाढीले हुम्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । बाढीले आज दिउँसो उत्तरी नाम्खा र सिमकोट गाउँपालिकालाई जोड्ने हेप्काखोलास्थित काठेपुलसमेत बगाएको छ ।

नाम्खा गाउँपालिका–१ हेप्काखोलाको सो पुल बगाएपछि आवतजावतमा समस्या भएको हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

विसं २०७४ साउनमा दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित यहाँ पक्की पुल निर्माण गर्ने सम्झौता भएको थियो, त्यो पनि अधुरै छ । स्थानीयको सहजताका लागि बनाइएको अस्थायी काठेपुलसमेत बगाएपछि समस्या भएको चन्दले बताए ।

यही पुल भएर मानसरोवर कैलाश दर्शन गर्न र सदरमुकाम सिमकोटबाट उत्तरी नाम्खा गाउँपालिकाका साथै चीनसँग जोडिएका हिल्सा, लिमी, लाप्चा जान पनि यही पुल तर्नुपर्ने हुन्छ ।

एमएस जेभी धुलिखेल, काठमाडौँले दुई वर्षभित्रै निर्माणसम्पन्न गर्ने भनेको पक्की पुल सात वर्षसम्म अधुरै रहेको र अस्थायी पुलसमेत बगाएपछि निकै समस्या भएको स्थानीयको गुनासो छ ।

बाढीले चङ्खेली गाउँपालिका–६ मासिधारा र मेल्छाम गाउँमा रहेका खेतबारीसमेत क्षति गरेको प्रहरी निरीक्षक चन्दले बताए।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ५४ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि