नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह « Khabarhub

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सार्वजनिक सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा नदी किनारा र तटीय क्षेत्रका जिल्लावासीलाई सतर्क रहन आग्रह गरे ।

केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले भारी वर्षा हुने जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएपछि स्थानीय तहलाई सतर्क रहन भनिएको हो । जिल्लाका नौ स्थानीय तहले सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि सचेत पार्न कर्मचारी परिचालन गरेका छन्

बाढी प्रभावित क्षेत्रमा उद्धार गर्न र पूर्वसूचना प्रदान गर्न नगर प्रहरी र विपद् शाखाका कर्मचारीलाई तयारी अवस्थामा राखिएको शुक्लाफाँटा नगरपालिकाको विपद् शाखाका धिरज ऐरले बताए । माथिल्लो तटीय क्षेत्रका ‘रेनरेग रिडर’लाई पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : १० बजे

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा