ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिम ५२ रनमा अलआउट « Khabarhub

ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिम ५२ रनमा अलआउट


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाको ग्लोबल टी–२० लिग अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनाएको थियो ।

टस जितेर सुरुमा फिल्ड रोजेको मोन्ट्रियल टाइगर्सका बलरसामू टोरोन्टोका कुनै पनि ब्यासम्यान टिक्न सकेनन् । उसका लागि जतिन्द्रपाल मथारुले १२ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेका हुन् ।

टोरोन्टोलाई सस्तैमा समेट्न मोन्ट्रियलका लागि कलीम सानाले तीन ओभर बलिङ गर्दा १३ रन खर्चिएर चार विकेट लिए भने अजमातुल्लाह उमरजाई चार ओभर बलिङ गर्दै तीन विकेट लिए । टाइगर्सको आक्रामक बलिङविरुद्ध टोरोन्टोका कुनै ब्याट्सम्यान टिक्न नसक्दा ११.१ ओभरमा ५२ रनमा अलआउट भएको हो ।

५३ रनको लक्ष्य पछ्याएको मोन्ट्रियलका लागि कप्तान टिम सेफर्टले नटआउट सर्वाधिक १५ रन बनाए । उसका लागि दिलप्रीत बाजवाले १२ रन जोडेका थिए । मोन्ट्रियलले ११.३ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको हो । यो जितसँगै मोन्ट्रियल ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै दोस्रो स्थानमा रहेको रोहितको टिम टोरोन्टो भने ७ अंकसहित चौथो स्थानमा झरेको छ । नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टिम भ्यानकुभर नाइट्सभने तीन अंकसहित तालिकाको पुछारमा छ ।

सुरुवाती खेल खेलेका नेपाली कप्तान पौडेल पछिल्ला तीन खेलमा भने बेन्चमा छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ३१ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट