पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा « Khabarhub

पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार र बुधबार पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसमविद्ले बताएका छन्।

मधेश र कर्णालीका जिल्लाहरु भने उच्च जोखिममा छैनन्। यस्तै ३६ जिल्ला मध्यम जोखिममा र ७ जिल्ला निम्न जोखिममा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय भएकाले कोशी प्रदेशका ४, बागमतीका ६, गण्डकीका ९, लुम्बिनीका १० र सुदूरपश्चिमका ५ वटा जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्थुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकीको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोरखा जिल्ला उच्च जोखिममा छन्।

यस्तै लुम्बिनीका कपिलवस्तु, रुपन्देशी, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्ला उच्च जोखिममा छन्।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ३५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ