सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम | Khabarhub Khabarhub

सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ठूलो करेक्सन आएको छ । सत्ता समीकरणमा एमाले-कांग्रेस आउने चर्चासँगै बुल ट्रेन्डमा रहेको नेप्सेमा लामो समयपछि ठूलो करेक्सन आएको हो । 

मंगलबार एकै दिन नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप्से आज एकै दिन ५.१८ प्रतिशतले घट्दा कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ । आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघिसम्म २१ अर्बको मात्र रेकर्ड रहेको थियो । 

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको नेप्से खुलेको केही समयमै घट्न थालेको थियो । बजार सुरु भएको १० मिनेटपछि भने नेप्से पुनः बढेको थियो । सोमबार २७९७ विन्दुमा बन्द भएको नेप्से आज भने २८ सयको विन्दु समेत पार गरेको थियो ।

 ११ः४२ सम्ममा नेप्से २ पटक २८ सयको विन्दु पार गरेकामा त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेको थियो । १ः४३ मा नेप्से २७ सयमा झरेर केही माथि जान खोजेको जस्तो देखिएपनि फेरी नेप्सेले ओरालो यात्रा नै तय गरेको थियो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि भने नेप्से झिनो अंकले माथि आएको थियो । 

मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : २५ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको