‘मैले कहिल्यै भ्रष्टाचार गरिनँ, चित्रगुप्तलाई पनि जवाफ दिन तयार छु’ « Khabarhub

‘मैले कहिल्यै भ्रष्टाचार गरिनँ, चित्रगुप्तलाई पनि जवाफ दिन तयार छु’


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नसहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

मंगलबार संघीय संसद्अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको बताए ।

‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ पनि, मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने ।

राजनीतिक रूपमा कसैले लाञ्छित गर्न खोज्नु र हिलो छ्याप्ने प्रयास गर्नु बेग्लै भए पनि आफू कुनै भ्रष्टाचारका घटनामा संलग्न नरहेको ओलीले दाबी गरे ।

‘म दाबाका साथ भन्छु यो धर्तीका अदालतमा मात्रै होइन कि चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’, ओलीले भने ।

ओलीले आफूलाई कुनै आर्जन गर्नु नभएको प्रष्ट पारे । ‘राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर आफ्नो बनाउनु छैन, त्यो मेरो नैतिकताले पनि दिँदैन, मलाई आवश्यक पनि छैन, त्यो मेरो सोच पनि होइन’, उनले भने ।

सामाजिक सञ्जालमा कसले कहाँ गाली गर्‍यो, कसले मुख छाड्यो त्यसको पछि लाग्न नसकिने ओलीले बताउनुभयो । मैले भ्रष्टाचार गरिनँ, गर्न कसैलाई इजाजत पनि दिएको छैन, कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरूले गरेका कुरा रोक्न नसकिएको होला तर गर्न दिएको होइन, म स्पष्ट गराउन चाहन्छु, फेरि पनि मेरो प्रतिबद्धता, दृढ प्रतिबद्धता छ– म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही होस्’ ओलीले भने ।

उनले भ्रष्टाचारको मामलामा कसैको अनुहार नहेरी कडा रूपमा अघि बढ्ने बताए । यो प्रचारबाजीको लागि नभएर स्थिति र अवस्थामा सुधार ल्याउन गरिएको प्रतिबद्धता भएको उनले प्रष्ट पारे । आफूले देशको लागि काम गर्न अहिलेको सरकारको नेतृत्व गरेको ओलीले बताए ।

नीतिबिना भएका कामलाई नीतिमा ल्याउन आवश्यक भएको बताए । नीति नहुँदा पनि व्यवहार चल्ने भए पनि त्यसलाई क्रमशः कानुन बनाएर थिति विधिमा ल्याउनु पर्ने उनले बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति नभएको पनि प्रष्ट पारे। निजामती सेवामा स्वछ भनेर मानिएका मानिसहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आउने उनले बताए ।

कसैलाई धित नमरेको हुन सक्ने भए पनि संसदीय सुनवाइ समितिले राम्रो काम गरेको ओलीले बताए । कतिपय न्यायाधीश र संवैधानिक आयोगका सदस्य बन्न लागेका मानिसहरूलाई समेत सुनुवाइ समितिले रोकेको उनले उदाहरण दिए ।

ओलीले आफू हरेक सच्चिनु पर्ने र अरूलाई पनि सच्याउनु पर्ने बताए । आफ्नो लागि अलग कानुन र अरूको लागि अलग कानुनको कल्पना गर्न नहुने उनको धारणा छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : २७ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान