इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै « Khabarhub

इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस सञ्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ ।

इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

‘असोज १ गतेबाट इटहरीमा नगर बस सञ्चालनमा ल्याउँदैछौँ’ प्रमुख पौडेलले भने ।

‘चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्नेगरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ ।

नागरिकको सहजताका लागि सञ्चालनमा ल्याउन लागेको यो नगरबस सहजरूपमा सञ्चालन गर्ने र यसमा छ यसमा हामी प्रतिबद्ध जीपीएस जडानको साथै सुचनामैत्री बनाइने छ । बसमा सिसि क्यामेरा लगायतका थुप्रै सुविधा हुने नगर प्रमुख पौडेलको भनाई छ ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले रुट निर्धारण गर्ने छ ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएर बस ल्याएको हो । नगर बस अपांग मैत्री हुने छ ।

गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता अनुसार बस इटहरी आइपुगेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार