इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै | Khabarhub Khabarhub

इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस सञ्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ ।

इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

‘असोज १ गतेबाट इटहरीमा नगर बस सञ्चालनमा ल्याउँदैछौँ’ प्रमुख पौडेलले भने ।

‘चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्नेगरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ ।

नागरिकको सहजताका लागि सञ्चालनमा ल्याउन लागेको यो नगरबस सहजरूपमा सञ्चालन गर्ने र यसमा छ यसमा हामी प्रतिबद्ध जीपीएस जडानको साथै सुचनामैत्री बनाइने छ । बसमा सिसि क्यामेरा लगायतका थुप्रै सुविधा हुने नगर प्रमुख पौडेलको भनाई छ ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले रुट निर्धारण गर्ने छ ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएर बस ल्याएको हो । नगर बस अपांग मैत्री हुने छ ।

गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता अनुसार बस इटहरी आइपुगेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : ३० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग