विभिन्न स्थानमा बाढीपहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह « Khabarhub

विभिन्न स्थानमा बाढीपहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न ५ प्रदेशका ३४ जिल्लाहरू बाढीपहिरोको उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । 

गृह मन्त्रालय मातहतको प्राधिकरणले मंगलबार वक्तव्य जारी गरेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ३४ जिल्लाहरू उच्च जोखिममा रहने प्रक्षेपण गरेको हो । 

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा र गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा, उच्च जोखिममा रहने प्रक्षेपण गरिएको प्राधिकरणको वक्तव्यमा उल्लेख छ । 

प्राधिकरणका अनुसार लुम्बिनीका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन् । 

प्रधिकरणले उच्च जोखिममा रहने प्रक्षेपण गरेका जिल्लाहरूमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै सचेत रहन आग्रह पनि गरेको छ । प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भन्दै सम्भावित क्षति रोक्न उच्च जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको छ । 

भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि निर्देशन दिइएको छ । 

जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने भन्दै प्राधिकरणले भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने भएकाले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : ४७ बजे

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ