विभिन्न स्थानमा बाढीपहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह « Khabarhub

विभिन्न स्थानमा बाढीपहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न ५ प्रदेशका ३४ जिल्लाहरू बाढीपहिरोको उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । 

गृह मन्त्रालय मातहतको प्राधिकरणले मंगलबार वक्तव्य जारी गरेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ३४ जिल्लाहरू उच्च जोखिममा रहने प्रक्षेपण गरेको हो । 

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा र गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा, उच्च जोखिममा रहने प्रक्षेपण गरिएको प्राधिकरणको वक्तव्यमा उल्लेख छ । 

प्राधिकरणका अनुसार लुम्बिनीका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन् । 

प्रधिकरणले उच्च जोखिममा रहने प्रक्षेपण गरेका जिल्लाहरूमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै सचेत रहन आग्रह पनि गरेको छ । प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भन्दै सम्भावित क्षति रोक्न उच्च जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको छ । 

भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि निर्देशन दिइएको छ । 

जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने भन्दै प्राधिकरणले भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने भएकाले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : ४७ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय