बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु « Khabarhub

बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका नेताको एक होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा पनि २४ जना मारिएका छन् ।

समाचारअनुसार यस होटलमा सोमबारआगो लगाइएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लीगका एकजना जिल्ला नेताको रहेको बीबीसीले जनाएको छ।

बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’ का अनुसार उद्धार दलका सदस्यहरूलाई यस होटलमा लागेको आगो निभाउन १२ घण्टासम्म लागेको थियो ।

पत्रिकाको रिपोर्टअनुसार प्रदर्शनकारीले अग्निनियन्त्रकलाई कयौँ समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धारमा ढिलाइ हुँदा यतिका संख्यामा हताहती भएको हो ।

यो होटल बंगलादेशको दक्षिण-पश्चिममा रहेको शहर जसोरमा छ । यस होटलका मालिक शाहीन चक्लदार हुन् । उनी जसोर जिल्लामा अवामी लीग पार्टीका महासचिव छन् ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना १९८० को दशकदेखि नै अवामी लीग पार्टीकी प्रमुख रहेकी छन् ।

सोमबार विद्यार्थीको प्रदर्शनलाई थेग्न नसकेपछि शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिइन् । उनी बंगलादेशबाट भागेर अहिले भारतमा बसेकी छन् ।

त्यसपछि विद्यार्थी र आमजनतालाई शान्ति कायम गर्न सरकारले अपील गरेको थियो । तर बंगलादेशका अलग-अलग इलाकाबाट हिंसा, लुट र आगजनीको समाचार आइरहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : २७ बजे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी