भारतविरुद्ध फाइनल खेल्न इरानसँग नेपालको बदला (तस्बिरहरू) | Khabarhub Khabarhub

भारतविरुद्ध फाइनल खेल्न इरानसँग नेपालको बदला (तस्बिरहरू)


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ।

यससँगै नेपालले यसअघि आइतबार समूह चरणमा भोगेको हारको बदला पनि लिनएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो ।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो । नेपालले फाइनल यात्रा तय गर्दा सयौँ दर्शकले साथ दिए।

त्यसक्रममा नेपाली टोलीले मानसिक र शारीरिक रुपमा पनि आफूलाई अब्बल सावित गरेर भारतसँग बुधबार हुने उपाधि भिडन्त पक्का गरे ।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ७ : १२ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका