मधेस प्रदेश : स्थानीय सेवा गठन, सञ्चालनसम्बन्धी विधेयक पारित | Khabarhub Khabarhub

मधेस प्रदेश : स्थानीय सेवा गठन, सञ्चालनसम्बन्धी विधेयक पारित


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

स्थानीय तहका कर्मचारीको हकमा प्रदेश सरकारले कानुन बनाउने संवैधानिक व्यवस्था बमोजिम विधेयक पारित भएको हो ।

 विधेयकमा उठेका विभिन्न जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेशसभाका सदस्यले उठाएका विषय लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझाव विधेयकमा समेट्ने काम भएको जानकारी दिए।

यसअघि विधेयकको नाम, प्रस्तावनासहित दफा २ देखि १५९ सम्मका भाग पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ७ : ३२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग