बंगलादेशका प्रदर्शनकारीले शेख हसिनाको साडीदेखि पंखा र माछा पनि लगे (तस्बिरहरू) « Khabarhub

बंगलादेशका प्रदर्शनकारीले शेख हसिनाको साडीदेखि पंखा र माछा पनि लगे (तस्बिरहरू)


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट भागेपछि उनको सरकारी निवासमा पसेका प्रदर्शनकारीले सबैथोक लुटेका छन् ।

उनीहरूले हसिनाको सरकारी निवासबाट उनको साडीसमेत लगेका छन् । सरकारी निवासबाट कपडा, पंखा, माछादेखि अरु सबै सामान लगिएको हो ।

बंगलादेशमा सोमबार ४ लाख प्रदर्शनकारी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै सडकमा उत्रिएका थिए । दिउँसो हुँदै जाँदा हसिनाले राजीनामा दिइन् । आइतबार ९३ प्रदर्शनकारी मारिएपछि सोमबार प्रदर्शन झन् ठूलो भएको थियो । त्यसपछि हसिनाले राजीनामा दिएर भारततिर लागिन् ।

समाचारअुनसार शेख हसिनाले सोमबार देश छाड्नुअघि सम्बोधन गर्न चाहेकी थिइन् । तर सेनाले उनलाई ४५ मिनेटमा देश छाड्न समय दिएको थियो । उनले त्यहीकारण उनले देश छाड्नुअघि सम्बोधन रेकर्ड गर्न पाइनन् । अहिले उनी भारतमा छिन् ।

सोमबारसम्म रहेको प्रधानमन्त्रीको निवासको गेट फुटाएर प्रदर्शनकारी पसेका थिए । जहाँ लुट मच्चियो । हसिनाको साडीसम्म लगेका एक प्रदर्शनकारीले आफैं पहिरिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको