बंगलादेशका प्रदर्शनकारीले शेख हसिनाको साडीदेखि पंखा र माछा पनि लगे (तस्बिरहरू) | Khabarhub Khabarhub

बंगलादेशका प्रदर्शनकारीले शेख हसिनाको साडीदेखि पंखा र माछा पनि लगे (तस्बिरहरू)


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट भागेपछि उनको सरकारी निवासमा पसेका प्रदर्शनकारीले सबैथोक लुटेका छन् ।

उनीहरूले हसिनाको सरकारी निवासबाट उनको साडीसमेत लगेका छन् । सरकारी निवासबाट कपडा, पंखा, माछादेखि अरु सबै सामान लगिएको हो ।

बंगलादेशमा सोमबार ४ लाख प्रदर्शनकारी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै सडकमा उत्रिएका थिए । दिउँसो हुँदै जाँदा हसिनाले राजीनामा दिइन् । आइतबार ९३ प्रदर्शनकारी मारिएपछि सोमबार प्रदर्शन झन् ठूलो भएको थियो । त्यसपछि हसिनाले राजीनामा दिएर भारततिर लागिन् ।

समाचारअुनसार शेख हसिनाले सोमबार देश छाड्नुअघि सम्बोधन गर्न चाहेकी थिइन् । तर सेनाले उनलाई ४५ मिनेटमा देश छाड्न समय दिएको थियो । उनले त्यहीकारण उनले देश छाड्नुअघि सम्बोधन रेकर्ड गर्न पाइनन् । अहिले उनी भारतमा छिन् ।

सोमबारसम्म रहेको प्रधानमन्त्रीको निवासको गेट फुटाएर प्रदर्शनकारी पसेका थिए । जहाँ लुट मच्चियो । हसिनाको साडीसम्म लगेका एक प्रदर्शनकारीले आफैं पहिरिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ०६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि