प्रधानमन्त्री ओलीको पहिलो विदेश यात्रा, को-को जाँदैछन् अमेरिका ? « Khabarhub

प्रधानमन्त्री ओलीको पहिलो विदेश यात्रा, को-को जाँदैछन् अमेरिका ?


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो तेस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि अमेरिकामा जाने भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन जान लागेका प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओली न्यूयोर्क जाने कार्यक्रम स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्रीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य छन् ।

त्यसैगरी भ्रमणटोलीमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सह-सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव प्रथमा उप्रेती, अधिकृतद्धय भुवन ओझा र प्रविण भट्टराई पनि छन् ।

यो टोलीमा प्रधानमन्त्रीका सुरक्षाकर्मी नेपाली सेनाका प्रमुख सेनानी दिवाकर खड्का, नेपाल प्रहरीका डिएसपी नविन कार्की र प्रधानमन्त्रीका समाचार संयोजक प्रकाश सिलवाल पनि छन् ।

प्रधानमन्त्रीसँगै निजी फोटोग्राफर दिनेश भण्डारी र नेपाल टेलिभिजनका क्यामरा पर्सन अनन्त चालिसे पनि जाँदैछन् ।

राष्ट्रसंघको महासभा आगामी भदौ २५ देखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुँदैछ । प्रधानमन्त्री ओली महासभामा सम्बोधनका लागि असोज ४ गते न्यूयोर्क जाने कार्यसूची छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १२ : २५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४