पशुपति परिसरमा तीजको रौनक (तस्बिरहरू) « Khabarhub

पशुपति परिसरमा तीजको रौनक (तस्बिरहरू)


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न भीड लागेको छ ।

यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै ब्रत बस्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव-पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पतिका रुपमा वरदान पाएको विश्वासमा यो ब्रत सुरु भएको पौराणिक मान्यता छ ।

हरितालिका (तीज) पर्वको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुँइचो छ।

पशुपतिनाथमा पनि आज दर्शनार्थीहरूको घुइँचो र नाचगान चलिरहेको छ । बिहानैदेखि लाइनमा बसेर भक्तजनले पशुपतिनाथको दर्शन र पूजा गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १२ : ३६ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन