चार ‘च’ मूर्दावाद ! ‘भर्चुअल’ पार्टी जिन्दावाद ! | Khabarhub Khabarhub

ब्लग

चार ‘च’ मूर्दावाद ! ‘भर्चुअल’ पार्टी जिन्दावाद !


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

यतिखेर पार्टी (एमाले) ले परिभाषित कामबाट फुर्सद दिएको छ । यो बीचमा अचम्मै महसुस पनि भयो । विगतमा पनि विद्यार्थी संगठनमा काम गर्दा बेला मौकामा यस्तो समयको सामना गरेको थिएँ । त्योबेला अहिलेको जस्तो अचम्मको अवस्था अनुभव गरिएन । सायद उमेर, समय, बुझाइ र कामले गर्दा पनि यस्तो अनुभव भएको होला ।

मेरो जीवनमा मैले नगरेको कुरा, गर्न मन नपराएको कुरा चुक्ली, चाकरी, चाप्लुसी र चम्चागिरी हो । तर, यी कुराहरू अहिलेको राजनीतिको मूलमन्त्र जस्तै छ । धेरैजसो मेरा शुभचिन्तक र नेतृत्वमा रहेका कतिपयले सिधै त हैन, तर घुमाउरो शैलीमा राजनीतिमा लागेर धेरै दुःख कष्ट गरेको केही गर्न सक्ने योग्यता, क्षमता र सम्भावना हुँदाहुँदै पनि चार ‘च’ को योग्यता तपाईंमा छैन, जसले गर्दा राजनीतिमा गाह्रो छ भनेर सुझाव दिएका छन् । मैले सुनौंला तर यो अर्ति मान्नेवाला छैन । चार ‘च’ मूर्दावाद ।

परिभाषित जिम्मेवारीमा नहुँदा केहीलाई असजिलो हुने रहेछ भन्ने सुनाउँछन् । यो कुरा शारीरिक हाउभाउबाट व्यक्त पनि गर्छन् मलाई भने त्यस्ता कुराले खासै छुँदैन ।

सामाजिक सञ्जालमा भेटिएको पदावली पद त सम्बोधनका लागि मात्रै हो, योग्यता क्षमता नै प्रमुख कुरो हो । त्यत्तिकै प्राप्त लाइनको भावले अहिलेसम्म राजनीतिमा मेरै पाराले टिकेको रहेंछु जस्तो लाग्यो ।

तर, एउटा गम्भीर प्रश्न एउटा व्यक्ति, समूह र समाजले किन कुनै अर्को व्यक्ति, समूह र पार्टीलाई मान्छ ? यो कुरा बुझ्न जरुरी छ । यसको गहिरो खोज आजको आवश्यकता हो ।

कुनै पनि संघ, संस्था वा राजनीतिक पार्टीहरुमा नेतृत्व पदहरू पार्टीको नीति, विचार, कार्यक्रम र गन्तव्यलाई आम जनताको बीचमा लैजान, बुझाउन र कतिपय अवस्थामा मतको प्रतिनिधित्वका लागि सृजना गरिएका हुन्छन् । कतिलाई त्यो सुहाएको हुँदैन । कतिले त्यसलाई बोक्न सकेको हुँदैन, कतिपयले यो प्राप्त गर्न सकेको हुँदैन ।

पदमा रहेको नेतृत्वले त्यसका लागि दस्तावेजमा, छलफलमा, मञ्चहरूमा बैठकमा आफ्ना धारणा राख्नुपर्ने, बोल्नुपर्ने र निष्कर्षमा लैजानुपर्ने हुन्छ । उसको निरन्तरता, बौद्धिकता, समर्पण, प्रस्तुती र परिस्थितिले नै नेतृत्व गर्ने र नेता बन्ने अवसर दिन्छ अनि त्यो पदको गरिमा र नेतृत्व पदमा सुहाउँदो हुन्छ ।

नेता र नेतृत्व विरासतको ब्याज र आन्दोलनको रापले पनि निर्माण गर्ने गर्छ । अनि परिस्थितिले त्यो नेतृत्व टिकाइरहनुपर्ने हुन सक्छ । तर, कतिपय अवस्थामा राजनीतिक उत्तराधिकारीको प्रचलनले पनि नेतृत्व र पदको निर्माण गरेको देखिन्छ । यो एक गम्भीर मनोवैज्ञानिक रोग हो । यसले आन्दोलन र राजनीतिक पार्टी वा संस्था नै समाप्त गरेको छ । आज यसलाई यस म्यान, झोले, दास, चाकर र गुलामसम्मका शब्दले पुकार्ने गरिन्छ ।

फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा हजारौँ होइन, लाखौँको संख्यामा फ्लोर्सहरू, स्रोताहरू वा दर्शकहरू छन् । एक मन्तव्य वा स्टाटस हाल्दा मिनेटमै लाखौं लाखले हेर्छन्, प्रतिक्रिया दिन्छन् र अन्तरक्रियामा सहभागी हुन्छन् । सुन्ने सुनाउने यस्तो सजिलो र उपयुक्त बाटो नसमातेर जनता र कार्यकर्ता दुःख दिने कार्यले हामीलाई जडसुत्रवादी बनाइएको छ  

आज गाउँघरमा मेलापात गरेर जीवन चलाएका मान्छेहरूमा राजनीतिबाट अलग हुँदैछ । धेरै ठूलो निराशा छ । राजनीतिक अभियान त धनबिरे, बलबिरे र दलबिरेको गुलाम भइसक्यो भन्ने भाष्य निर्माण हुँदैछ । पदहरु, मतहरु एक प्याला रक्सी र एक चोक्टा मासुमा लिलाम गर्न तयार छ । उसले नेतृत्व वा पद निर्माणको अवसरमा वा प्रत्येक आवधिक निर्वाचनमा आफूले प्राप्त गर्ने भनेकै त्यति मासुभात मात्रै देखेको छ । राजनीतिक पार्टी मुस्किलले पार्टी कार्यकर्तासम्म गएको छ । एकोहोरो प्रवचन दिएको छ, जनतासम्म पुगेकै छैन ।

राजनीतिक पार्टीका कार्यक्रम भनेका औपचारिकतामा मात्रै सीमित देखिन्छन् । अतिथि बन्न लुछाचुँडीसँगै कार्यक्रममा ढिलो आउने चाँडो निस्कने होडबाजी देखिन्छ ।

आज सामाजिक सञ्जाल र प्रविधिको विकासले कुनै पनि नीति निर्माणमा नेतृत्वदायी भूमिकामा रहेकालाई सुन्न कुनै कार्यक्रममा पाँच दस घण्टा कुरेर बस्नु पर्दैन । अब कार्यक्रममा प्रमुख अतिथि बनाउँदा नीति निर्माणमा नेतृत्वदायी भूमिकामा निर्वाह गरिरहेको आम सहभागीको कुरा सुन्न र टिपोट गर्न तयार नेतृत्वलाई बनाउनुपर्छ । नेतृत्वको कुरा सुन्न र बुझ्न मञ्चको अगाडि टण्टलापुर घाम, भिज्दै गरेको ज्यान, चिसिँदै गरेको आँत र ठेलमठेल गरेर बस्नुको कुनै अर्थ छैन ।

घरमै रहेको आरामदायी सोफामा बसेर ओलम्पिक वा विश्वकप हेरे जसरी हेर्न सकिन्छ, त्यो अवस्था निर्माण गर्न नेतृत्वमा बौद्धिकता र कार्यकर्तामा समर्पण भाव हुनुपर्छ ।

फरक–फरक महादेशमा एकै दिनमा साँझको ९ बजे, रातिको एक बजे र बिहान छ बजेको खेल हेर्ने युगका नागरिकको समय हो यो । आज पनि पार्टीहरु आफ्ना विचार र प्रतिबद्धता सुनाउने सन्दर्भमा लाखौं लाख खर्च गरेर पाँच/सात हजार मान्छे एक ठाउँमा जम्मा गर्दै अमुक प्रमुख अथितिको कुरा सुन्न अबेर रात कुराउने यो परम्परा जीवित रहला । तर, अब राजीतिक आस्था र व्यवस्था जीवित रहँदैन ।

आज सार्वजनिक जीवनको शीर्ष नेतृत्वमा रहेकाहरुसँग फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा हजारौं होइन, लाखौँको संख्यामा फ्लोर्सहरू, स्रोताहरु वा दर्शकहरू छन् । एक मन्तव्य वा स्टाटस हाल्दा मिनेटमै लाखौं लाखले हेर्छन्, प्रतिक्रिया दिन्छन् र अन्तरक्रियामा सहभागी हुन्छन् । सुन्ने सुनाउने यस्तो सजिलो र उपयुक्त बाटो नसमातेर जनता र कार्यकर्ता दुःख दिने कार्यले हामीलाई जडसुत्रवादी बनाइएको छ । कहिलेकाहीँ आफ्नो रवाफ र ताकत देखाउन चाहिँ खुल्ला छ ।

पार्टीलाई मुख्य गरी दलबिरे, धनबिरे र बलबिरेबाट जोगाउने योजना बनाउनुपर्ने देखिन्छ । पार्टी यिनैले सकेका छन् कार्य क्षेत्रमा काम गर्दैनन्, नेतृत्वलाई चिल्लो, चुक्ली, चिया र चुस्कीमा लठ्याउँछन् र यिनैबाट पार्टीको गति र मति कमजोर हुँदैछ । नेताहरु भन्दा इमान्दार, चिन्तित र समर्पित पार्टी पंक्ति मैदानमा जिउँदो छँदैछ । यो कसरी जोगाउन सकिन्छ, परिवर्तित समय अनुसारको पार्टी काममा हाम्रा गतिविधिहरू सञ्चालन गर्नुपर्छ ।

(पाण्डे एमाले कैलालीका पूर्वसचिव हुन् । यस लेखमा व्यक्त विचार लेखकका निजी हुन्, जसले खबरहबको सम्पादकीय नीतिको प्रतिनिधित्व गर्दैनन् ।) 

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ४ : ०५ बजे

सहकारी ठगी मुद्दामा आज रविसँग बयान

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका

कोशी प्रदेश सरकार स्थापनापछि ७८४ वटा डिपिआर निर्माण: करोडौँ रकम स्वाहा

विराटनगर– कोशी प्रदेश सरकार स्थापना भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय

बागलुङको किबी बुटबलदेखि काठमाडौंसम्म

बागलुङ– बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन

दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण