‘प्रविधि पूजा’ गरेर ‘बलिदान’ छायाङ्कन तयारीमा निर्देशक सेन « Khabarhub

‘प्रविधि पूजा’ गरेर ‘बलिदान’ छायाङ्कन तयारीमा निर्देशक सेन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘बलिदान‘को छायाङ्कन सुरु गर्न ‘प्रविधि पूजा‘ गरिएको छ । निर्माण पक्षले शुक्रबार मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माता मन्दिरमा फिल्म निर्माणमा प्रयोग हुने उपकरणको पूजा गरेको हो ।

निर्देशक सन्तोष सेनका अनुसार शनिबार इटहरीमा चलचित्रको पहिलो शट लिँदै छायाङ्कन सुरु हुनेछ । नायिका ऋचा शर्मा र केही बाल कलाकारको दृश्यबाट छायांकन सुरु हुने उनको भनाइ छ ।

फिल्मका शीर्ष कलाकारहरूको अंशको छायाङ्कन भने केही दिनपछि सुरु हुने उनले जानकारी दिए ।

लामो समयको तयारीपछि फिल्मको छायाङ्कनमा निस्कदा निर्देशक सेन उत्साहित छन् । भन्छन्, ‘बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले मिहिनेत, खोज अनुसन्धान र प्री-प्रोडक्सनमा गरिएको सम्पूर्ण तपस्यापछि हामी छायांकन चरणमा प्रवेश गरेका छौं।’

उनका अनुसार फिल्मले नेपाली माटोमाथिको शोषण, निरङ्कुशता, र समाजका नाइकेहरूबाट भएको अत्याचारविरुद्धको कथा उठान गरेको छ । भन्छन्, ‘यस चलचित्रलाई महाकथा का रूपमा चित्रण गर्ने मेरो लक्ष्य छ । यो प्रोजेक्टका लागि जस्तोसुकै त्याग र बलिदान गर्न तयार छु ।’

‘बलिदान’मा दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोली छ। छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरालगायतका उपकरणहरू पनि मुम्बईबाट ल्याइएको हो।

सेनका अनुसार यो फिल्मको ६० प्रतिशत छायांकन स्टुडियोमा हुनेछ । यसका लागि इटहरीस्थित बीएमसी स्टुडियोमा र अन्य स्थानमा पनि सेट निर्माण गरिएको छ।

फिल्मको नायक विराज भट्टका छोरा समीर हुन् । समीरसहित फिल्ममा सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ।

आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको फिल्म ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन्।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ४६ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित