कांग्रेसको निष्कर्ष- बालेनको गतिविधि नगरबासीको हितमा देखिएन « Khabarhub

कांग्रेसको निष्कर्ष- बालेनको गतिविधि नगरबासीको हितमा देखिएन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर बालेन्द्र शाहको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नरहेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस महानगर समितिको बैठकपछि नगर सभापति नीलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका जननिर्वाचित प्रमुखको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नगरेको स्पष्ट भएको उल्लेख छ ।

काठमाडौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर शाहले महानगरवासीको हितमा काम नगरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरुको हित र आवश्यकतालाई प्राथमिकता नदिएको ठहर गर्दै महानगरवासीको हकहितको संरक्षणका लागि यस विषयमा सम्बोधन गर्दै समस्या निराकरणका लागि राज्यका तीनै अंगमा ज्ञापनपत्र सहित अनुरोध गर्ने कांग्रेस काठमाडौं महानगर समितिले गरेको छ ।

बागमती, विष्णुमति, धोबीखोला, मनोहरा, टुकुचा, लगायतका नदी खोलाहरूको किनारा बाट दायाँबायाँ २० मिटर क्षेत्र छोडी मात्र निर्माण गर्न सकिने भनी २०६५ मंसिर १ मा भएको निर्णयअनुसारको प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनीसर्वोच्च अदालतले यही साउन २४ मा काठमाडौं महानगरपालिका लगायतलाई उत्प्रेषणयुक्त जारी गरेको आदेशको कांग्रेस काठमाडौं महानगर समितिले सम्मान गर्ने जनाएको छ ।

‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरु पर्दछन्,’ विज्ञप्तिमा भनिएको छ,‘यस निर्णयले स्थानीय वासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिक-सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लेप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली काग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ ।’

नेपालको संविधान २०७२ ले नागरिकको सम्पत्ति संरक्षण गर्ने र आवास स्थानको मौलिक हकलाई सुरक्षित गर्ने व्यवस्था गरेको भन्दै सर्वोच्च अदालतको फैसलाले महानगरवासीको आर्थिक, भौतिक, सांस्कृतिक, र सामाजिक जनजीवनमा त्रास उत्पन्न गराएको पनि बैठकको ठहर छ ।

कानुन बमोजिम नगरवासीहरुको हितका लागि फैसलाको पुनराबेदन गरी सम्पत्ति र वासस्थानको संविधान प्रदत्त हकप्रति ध्यान दिनुपर्नेमा, महानगरको कार्यपालिकाको बैठक वा कार्यकालिका सदस्यहरुसँग छलफल समेत नगरी मेयर शाहले एकल निर्णयवाट पत्रिकामा प्रकाशित सूचनाले नगरवासीहरुलाई आतङ्कित बनाएका भन्दै कांग्रेसले सो कार्यप्रति खेद प्रकट गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ५२ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा