फोटो फिचर

तीजमय बन्यो काठमाडौं (फोटोफिचर)

By खबरहब

September 06, 2024

काठमाडौं – नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा आज देशभरका शिवालयहरुमा भिड लाग्यो । काठमाडौंको पशुपतिनाथ मन्दिर र अन्य शिव मन्दिरहरुमा व्रतालु महिलाहरूले नाँचगान गरेर तिज मनाएका छन् ।

केही व्रतालुहरूले तीजमा आ–आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।

आजकै दिन ब्लु डाइमण्ड सोसाइटीले ईन्द्रेणी तीज उत्सव पनि आयोजना गरेको छ । “जीवन्त र समावेशी तीजको उत्सव मनाऔँ” नारा सहित उत्सवको आयोजना गरिएको उत्सवमा उपत्यकामा बसोबास यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायहरुको उपस्तिथीति थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी