पाकिस्तानको बलोचिस्तानमा खाना पकाउने ग्यासको अभाव | Khabarhub Khabarhub

पाकिस्तानको बलोचिस्तानमा खाना पकाउने ग्यासको अभाव


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको बलोचिस्तान प्रान्तमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । ग्यासको आपूर्तिमा समस्या भएपछि अभाव भएको हो ।

बलोचिस्तानका ५ जिल्लामा ग्यासको अभाव देखिएको पाकिस्तानको एआरवाई न्यूजले जनाएको छ । ग्यासको अभाव हुँदा ग्राहकहरुको लामो लाम देखिएको छ । यसबाहेक व्यापारीहरुले ग्यासको मूल्य पनि बढाएर बेच्न थालेका छन् ।

हालैका महिनामा मूल्य ह्वात्तै बढेका बेला ग्यासको अभाव पनि देखिएको हो । पछिल्लो समय सरकारले ग्यासको भाउ प्रतिकिलो ६० रुपैयाँबाट बढाएर ८० रुपैयाँ पु¥याएको थियो । पाकिस्तानमा आर्थिक समस्या अझ विकराल बन्दै जाँदा ग्यासको आपूर्तिमा समस्या देखा परेको हो ।

पाकिस्तानमा ऊर्जा आपूर्तिको ठूलो हिस्सा प्राकृतिक ग्यासले धान्दै आएको छ । ग्यास आपूर्तिमा समस्या भएसँगै त्यहाँ दैनिक लोडसेडिङ पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : १४ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको