भारतद्वारा दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुकका लागि सहयोग घोषणा « Khabarhub

भारतद्वारा दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुकका लागि सहयोग घोषणा


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – भारतले दक्षिण प्रशान्त महासागर क्षेत्रमा अवस्थित मुलुकहरुलाई सहयोग गर्ने भएको छ । भारतीय विदेश राज्यमन्त्री पवित्र मार्गरिटाले दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुकसँग साझेदारी बढाउन भन्दै यस्तो सहयोग घोषणा गरेका हुन् ।

उनले दक्षिण प्रशान्त महासागरमा अवस्थित १४ मुलुकका लागि ५० हजार डलर बराबरको क्विक इमप्याक्ट प्रोजेक्टको घोषणा गरेका हुन् । उनले यस परियोजनामा सहभागी हुन चाहने मुलुकलाई प्रस्ताव ल्याउन समेत आग्रह गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राज्यमन्त्री मर्गरिटाले दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुकहरुसँग द्विपक्षीय एवम् बहुपक्षीय मञ्चमा सहकार्य गर्न भारत तयार रहेको समेत बताएका छन् । भारतले ती मुलुकहरुलाई बारम्बार सहयोग समेत प्रदान गर्दै आएको छ ।

भारतले ती मुलुकहरुमा हरेक वर्ष ३० लाख डलर अनुदानमा विकास साझेदारी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । दक्षिण प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्दै जाँदा भारतले यस्तो परियोजना घोषणा गरेको हो ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १० : ११ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर