आज २०८१ साल असोज २० गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २० गते आइतबारको राशिफल


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २० गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर ६ तारिख। असोज शुक्ल पक्षको चतुर्थी तिथि। नवरात्रको चौथो दिन कुष्माण्डा नाम गरेकी देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मन प्रशन्न रहनेछ। मेहनतको फलस्वरुप धन हात लाग्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शत्रुमाथि विजय प्राप्त हुने दिन छ। आज खर्च बढ्ने भएकाले खर्च गर्ने बेलामा सचेत हुनुपर्नेछ।

वृष : आजको तपाईंको यात्रा कष्टकर हुनसक्छ। मन अशान्त रहनेछ। पढाइमा ढिलासुस्ती हुनेछ। व्यापारमा निराशा मात्र मिल्ने जोखिम रहेको छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

मिथुन : मन अशान्त र निरास रहने दिन छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि रहनेछ। आज दिनभर कसैसँग विवाद नगर्नु राम्रो हुनेछ। परिवारमा तपाईंको कुरा नसुन्ने संख्या धेरै हुनसक्छन्।

कर्कट : धन प्राप्त हुने दिन छ। नयाँनयाँ लुगा लगाउने अवसर मिल्नेछ। आफन्तले साथ र सहयोग गर्नेछन्। स्वास्थ्यमा लाभ भए पनि सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : मानसिक रुपमा खटपटी बढ्नेछ। कुटुम्बसँगको व्यवहार सुमधुर बन्नेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुनेछ। शत्रुमाथि विजय हुने दिन छ। यात्रामा समस्या पर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्या : शुभग्रहको बहुमत रहेको छ। आफन्तसँग भेट हुनेछ। नयाँ लुगा लगाउन पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्ने दिन छ।

तुला : समय तपाईंका लागि अनुकुल छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। आफ्नो ख्याल नगर्दा रोग बढ्नेछ। परोपकारका नाममा ऊर्जा खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : सोचेको काम बन्नेछ। धन लाभ हुने दिन छ। मिठो खान पाइने छ। सन्तान र मित्रबाट साथ मिल्नेछ। स्वास्थ्यमा भने सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। राज्यको निगरानी भइरहेकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक स्थलको दर्शन गर्नाले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्धले सुख मिल्नेछ।

मकर : मन अशान्त बन्नेछ। हरेक कार्यमा बाधा पुग्नेछ। दुर्गाको सेवा गर्न सकेमा घरमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : स्वास्थ्यको ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आकस्मिक संकट आइपर्ने खतरा देखिन्छ। बिहानै शिव भजन सुनेको भए दिन शान्त बन्नेछ।

मीन : धन लाभ हुने दिन छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिनेछ। स्वास्थ्यमा भने ख्याल गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ०३ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न