भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित « Khabarhub

भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनिस ला लिगाको रियल म्याड्रिडले अपराजित यात्रा कायम नै राखेको छ। शनिबार राति भएको खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २-० ले हरायो। सो खेलमा रियल म्याड्रिडका डानी काभाजाल अन्तिम समयमा घाइते हुने रियलका लागि दुःखद बनेको थियो। येरेमी पिनोसँग ठोक्किएर पिचबाट स्ट्रेचरमा बाहिर निस्केका उनको आँखा भरी आँसु भरिएको थियो।

रियलले १४ औं मिनेटमा फेडेरिको भाल्भेड्रोको गोलमा अग्रता लिएको थियो। सो बल भिल्लारियलका रक्षक एलेक्स बेनालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

त्यसको १ मिनेटपछि नै भिल्लारियल बराबरी गोलको नजिक नपुगेको होइन। परन्तु बेनाको क्रसमा निकोलास पेपेको हेड क्रस बारमा लागेको फर्केपछि रियलको संकट टरेको थियो। भिन्सियस जुनियरले खेल सकिन १७ मिनेट बाँकी रहँदा रियलका लागि अर्को गोल गरेका थिए।

शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा इस्पोनियोलले रियल मालोर्कालाई २-१ ले हराउँदा रायो भाल्कानोले रियल भालाडोलिडलाई २-१ पराजित गर्यो। सेल्टा भिगोले लास पल्मासलाई १-० ले, हराउँदा गेटाफे र ओसासुनाबिचको खेल १-१ गोलको बराबरीमा सकियो।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव