भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित | Khabarhub Khabarhub

भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनिस ला लिगाको रियल म्याड्रिडले अपराजित यात्रा कायम नै राखेको छ। शनिबार राति भएको खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २-० ले हरायो। सो खेलमा रियल म्याड्रिडका डानी काभाजाल अन्तिम समयमा घाइते हुने रियलका लागि दुःखद बनेको थियो। येरेमी पिनोसँग ठोक्किएर पिचबाट स्ट्रेचरमा बाहिर निस्केका उनको आँखा भरी आँसु भरिएको थियो।

रियलले १४ औं मिनेटमा फेडेरिको भाल्भेड्रोको गोलमा अग्रता लिएको थियो। सो बल भिल्लारियलका रक्षक एलेक्स बेनालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

त्यसको १ मिनेटपछि नै भिल्लारियल बराबरी गोलको नजिक नपुगेको होइन। परन्तु बेनाको क्रसमा निकोलास पेपेको हेड क्रस बारमा लागेको फर्केपछि रियलको संकट टरेको थियो। भिन्सियस जुनियरले खेल सकिन १७ मिनेट बाँकी रहँदा रियलका लागि अर्को गोल गरेका थिए।

शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा इस्पोनियोलले रियल मालोर्कालाई २-१ ले हराउँदा रायो भाल्कानोले रियल भालाडोलिडलाई २-१ पराजित गर्यो। सेल्टा भिगोले लास पल्मासलाई १-० ले, हराउँदा गेटाफे र ओसासुनाबिचको खेल १-१ गोलको बराबरीमा सकियो।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना