यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन « Khabarhub

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको कुनै टुङ्गो छैन। उनकै सम्भाव्य उत्तराधिकारी ठानिएका हसिम सफेडाइन पनि अहिले सम्पर्क बिहीन छन्। आक्रमणको निशाना नै उनी भएको इजरायलले जनाइ सकेको छ। उनी मारिएको या जीवित भन्ने चाहिँ यकिन छैन।

सफडेडाइन नसरल्लाहको मामाको छोरा हुन्। यी दुवैले सन् १९८० को दशकमा इरानमा अध्ययन गरेका थिए। सोही समयदेखि उनीहरू पश्चिमा र इजरायलको कटु आलोचक थिए। सोही समयदेखि नै उनीहरूको इरानी नेतासँगको सम्पर्क कायम थियो। सेफेडाइन सम्पर्कबिहीन हुनु अगाडिसम्म कार्यकारी काउन्सिलका प्रमुख थिए। काउन्सिलले राजनीतिक कम गर्छ भने अर्को सङ्गठन जिहाद काउन्सिलले सैन्य सङ्गठनको काम गर्छ।

सेफेडाइनले नै यस अघि हिजबुल्लाहको इरान रेभुलेसनरी गार्डकर्प (आइआरजिसी)सँग गहिरो सम्बन्ध कायम गरेको जनाइएको छ।

बगदाद एयरपोर्टमा सन् २०२० मा अमेरिकाले गरेको विष्फोटमा मारिएका इरानका जनरल कसिम सोलेमाइनीसँग उनको गहिरो सम्बन्ध थियो। उनीहरू एक आपसका सम्धी समेत हुन्।

उनको जन्म सन् १९६४ मा दक्षिणी लेबनानको डेयर काननमा भएको थियो। हिजबुल्लाहका अन्य नेता जस्तै उनले पनि कालो रङ्गको पगडी लगाउने गर्थे। ६० वर्षीय यी इस्लाम पुरोहित हिजबुल्लाहको राजनीतिक ब्युरोलाई अघि बढाउने काममा बढी नै सक्रिय थिए। उनको यो सक्रियता पछिल्लो वर्ष अझ बढी थियो।

उनले त्यहाँका बासिन्दालाई स्वतन्त्र प्यालेस्टाइनका लागि आवाज उठाउन लगातार अग्रसर गराएका थिए। साथमा अन्य शक्तिसँगको वार्ताको अगुवाइ पनि उनले गर्थे।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : ४३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर