यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन « Khabarhub

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको कुनै टुङ्गो छैन। उनकै सम्भाव्य उत्तराधिकारी ठानिएका हसिम सफेडाइन पनि अहिले सम्पर्क बिहीन छन्। आक्रमणको निशाना नै उनी भएको इजरायलले जनाइ सकेको छ। उनी मारिएको या जीवित भन्ने चाहिँ यकिन छैन।

सफडेडाइन नसरल्लाहको मामाको छोरा हुन्। यी दुवैले सन् १९८० को दशकमा इरानमा अध्ययन गरेका थिए। सोही समयदेखि उनीहरू पश्चिमा र इजरायलको कटु आलोचक थिए। सोही समयदेखि नै उनीहरूको इरानी नेतासँगको सम्पर्क कायम थियो। सेफेडाइन सम्पर्कबिहीन हुनु अगाडिसम्म कार्यकारी काउन्सिलका प्रमुख थिए। काउन्सिलले राजनीतिक कम गर्छ भने अर्को सङ्गठन जिहाद काउन्सिलले सैन्य सङ्गठनको काम गर्छ।

सेफेडाइनले नै यस अघि हिजबुल्लाहको इरान रेभुलेसनरी गार्डकर्प (आइआरजिसी)सँग गहिरो सम्बन्ध कायम गरेको जनाइएको छ।

बगदाद एयरपोर्टमा सन् २०२० मा अमेरिकाले गरेको विष्फोटमा मारिएका इरानका जनरल कसिम सोलेमाइनीसँग उनको गहिरो सम्बन्ध थियो। उनीहरू एक आपसका सम्धी समेत हुन्।

उनको जन्म सन् १९६४ मा दक्षिणी लेबनानको डेयर काननमा भएको थियो। हिजबुल्लाहका अन्य नेता जस्तै उनले पनि कालो रङ्गको पगडी लगाउने गर्थे। ६० वर्षीय यी इस्लाम पुरोहित हिजबुल्लाहको राजनीतिक ब्युरोलाई अघि बढाउने काममा बढी नै सक्रिय थिए। उनको यो सक्रियता पछिल्लो वर्ष अझ बढी थियो।

उनले त्यहाँका बासिन्दालाई स्वतन्त्र प्यालेस्टाइनका लागि आवाज उठाउन लगातार अग्रसर गराएका थिए। साथमा अन्य शक्तिसँगको वार्ताको अगुवाइ पनि उनले गर्थे।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : ४३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।