‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’  « Khabarhub

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे तापनि अन्य सरोकारवाला निकायहरूले आवश्यक पूर्व तयारी समयमा नै गर्न नसक्दा ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालिएको छ ।

ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गभर्नेन्स (जिसिएसजि) ले आयोजना गरेको पछिल्लो वर्षाका कारण सिर्जित ‘विपद र उद्धार कार्य : आवश्यकता र मुल्यांकन सम्बन्धी समीक्षा’ विषयक कार्यक्रमका वक्ताहरूले विपद उद्धारका लागि खटिएका सुरक्षा निकायहरूसँग आवश्यक बन्दोबस्तीका सामान र दक्ष तथा तालिम प्राप्त जनशक्तिको उपलब्धतामा कमी हुनु प्रमुख कारण उल्लेख गरेका छन् ।

राजनैतिक दलका नेताहरु, सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरू तथा पूर्व पदाधिकारी तथा विषय विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, प्रहरी महानिरीक्षक, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत लगायत व्यक्तिहरू देश बाहिर हुनु र मुख्य सचिव समेत काठमाडौं बाहिर रहनुले पनि आवश्यक समन्वयमा कमजोरी भएको जनाइएको छ ।

वक्ताहरूले सरोकारवाला निकायहरुबीच आवश्यक समन्वय हुन नसक्नु दुःखद पक्ष रहेको उल्लेख गरे ।

उनीहरूले विगतमा विभिन्न ठूलाठूला विपदहरुको सामना गरे तापनि संघीय राजधानीमा बाढीजन्य विपदको ताण्डवला र सरकार, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा विपद उद्धार कार्य प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरे ।

नेपालमा विपद र प्राकृतिक प्रकोप न्यूनीकरण, रोकथाम र उद्धार सम्बन्धी आवश्यक ऐन, कानून, नीति र नियमहरू भए तापनि कार्यान्वयन पक्ष कमजोर रहेको धारणा व्यक्त गर्दै  यस विपदले सरकार र अन्य सरकोरवालाहरुका लागि एक महत्वपूर्ण शिक्षा प्रदान गरेको निष्कर्षमा विज्ञहरू एकमत रहेका थिए ।

उनीहरूले विपद व्यवस्थापनका एक अधिकार सम्पन्न संरचना, दक्ष जनशक्ति र स्रोतसाधनको सम्बन्धमा समयमा नै उपयुक्त निर्णय र गृहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पूर्वउपसभामुख पुष्पा भुसाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री सीता गुरुङ, पूर्वसांसद दीपक प्रकाश भट्ट, पूर्वरथी बालानन्द शर्मा, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम खत्रीलगायतले धारणा राखेका थिए । 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ९ : १५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका