धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु « Khabarhub

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धरान– चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ ।

चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागूऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यालयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

उपरीक्षक तिमल्सिनाले भने, ‘कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागूऔषध कारोबार गर्ने व्यक्ति, लागूऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।’

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, गाँजा, पटका, विस्फोटक पदार्थ, अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : १९ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको