भोटेकोशीले बेलिब्रिज बगाएको लार्चामा अस्थायी पुल, गुड्न थाले गाडी « Khabarhub

भोटेकोशीले बेलिब्रिज बगाएको लार्चामा अस्थायी पुल, गुड्न थाले गाडी


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको रार्जमार्ग सूचारु भएको छ ।

लार्चामा अस्थायी पुल निर्माण भएसँगै सवारी साधनहरू सुचारु भएका हुन् । निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो ।

अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी गाँउपालिकाले अस्थायी पुल बनाएको हो । अस्थायी पुलनजिकै सर्वसाधारणलाई पैदल आवतजावत गर्न बाँसको अर्को अस्थायी पुलसमेत बनाइएको छ ।

अस्थायी पुल निर्माणको स्थलगत निरीक्षण गर्दै सिन्धुपाल्चोकका सांसद मोहन बहादुर बस्नेत लगायतले पक्की पुल निर्माणको लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएका थिए ।

सांसद बस्नेतले बाढीपहिरोका कारण अरनिको राजमार्गका अन्य स्थानमा पनि ठूलो क्षति भएको भन्दै अधिकांश स्थानमा सडक खुलाइसकेको बताए ।

त्यस्तै खागदलमा बेलिब्रिज बगाएको स्थानमा पनि नयाँ बेलिब्रिज राख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।

यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो ।

०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो । उक्त लार्चाको बेलिब्रिज हालैको बाढिले बगाएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : ३८ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम